March 1, 2021, Monday
२०७७ फाल्गुन १८, मंगलवार

समाचार

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला विजयी

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला विजयी

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो । असी मतभार रहेकामा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गर्नुभयो । अध्यक्षबाहेक अन्य…

शुक्लाफाँटाको ५ नम्वर वडा एक साताका लागि सिल

शुक्लाफाँटाको ५ नम्वर वडा एक साताका लागि सिल

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा कोभिड–१९ का बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि वडा नं ५ एक साताका लागि सिल गरिएको छ । वडामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग अर्को सूचना जारी नहुँदासम्मका लागि मङ्सिर २९ गतेदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएका छन् । वडा क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत…

  • भारतमा जनवरीदेखि कोरोना खोप सुरु हुने सम्भावना

    भारतमा जनवरीदेखि कोरोना खोप सुरु हुने सम्भावना

    नयाँदिल्ली–सिरम इन्सिच्युट अफ इण्डियाका प्रमुख अदार पूनावालाले भारतमा आगामी जनवरीदेखि कोरोना खोप अभियान सुरु हुनसक्ने बताएका छन्। उनले परीक्षण भइरहेका खोपलाई डिसेम्बरको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति प्राप्त हुनसक्ने समेत बताएका छन्। इकोनोमिक टाइम्स ग्लोबल बिजनेस समिटमा पुनावालाले भारतमा सबै...

  • शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

    शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

    सुर्खेत - नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए। नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्। कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग...

  • जंगली हात्तीकाे आक्रमणबाट युवकको मृत्यु

    जंगली हात्तीकाे आक्रमणबाट युवकको मृत्यु

    विराटनगर - सुनसरीको कोशी गाँउपालिका ६ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान ५ : ३० बजे आफ्नै गहुँबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासि जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको...

  • सप्तरीमा झडप हुदाँ एक जनाको मृत्यु, चार घाइते

    सप्तरीमा झडप हुदाँ एक जनाको मृत्यु, चार घाइते

    काठमाडौं - सप्तरीमा माछा मार्ने क्रममा भएको विवाद बढेर झडप हुँदा  एक महिलाको मृत्यु भएको छ। झडपमा परी सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की ३५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख डीएसपी भुवनेश्वर साहले जानकारी दिए।...

  • मन्त्री नेम्वाङद्धारा झापाका ३ पुलको निरीक्षण

    मन्त्री नेम्वाङद्धारा झापाका ३ पुलको निरीक्षण

    काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले झापाका तीन वटा पुल आयोजनाको स्थलगत अनुगमन गरेका छन्। शनिबार रुग्ण अवस्थामा रहेका झापाका विरिङ खोला पुल, माईखोला पुल र झापा–मारेङको सिमानामा रहेको रतुवा पूलको अनुगमन गरेका हुन्। निरीक्षण गर्दै नेम्वाङले स्थानीय बासिन्दा तथा...

  • ललिता निवास प्रकरण : अख्तियार पूर्वप्रमुख बस्न्यात विशेष अदालतमा उपस्थित

    ललिता निवास प्रकरण : अख्तियार पूर्वप्रमुख बस्न्यात विशेष अदालतमा उपस्थित

    काठमाडौं–अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा उपस्थित भएका छन्। अदालतले आज उनीसँग ललितानिवास जग्गाकाण्डबारे बयान लिनेछ। बयानपछि थुनछेक बहस हुनेछ। विशेष अदालतले उनीसँग बयान लिएपछि धरौटी या पुर्पक्षका लागि थुनामा पठाउन सक्नेछ । न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान...

  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि...

Page 1 of 1371234Next ›Last »