November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार

प्रदेश १

धुलिखेल अस्पातलले कोरोनाका सामान्य बिरामीले ५० हजार धरौटी नबुझाए भर्ना नै नलिने

धुलिखेल अस्पातलले कोरोनाका सामान्य बिरामीले ५० हजार धरौटी नबुझाए भर्ना नै नलिने

काठमाडौं – काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमितले धरौटी रकम नबुझाए भर्ना नपाइने भएको छ। अस्पतालले सूचना निकालेर कात्तिक २ गतेको निर्णयअनुसार शुल्क स्वयं बिरामीले व्यहोर्नुपर्ने भन्दै भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्नुपर्ने  छ। सूचनामा सामान्य लक्षण भएका बिरामीले ५० हजार धरौटी राख्नुपर्ने, मध्य जटिल बिरामीले १ लाख र जटिल बिरामीको उपचारका लागि २ लाख धरौटी…

मौसमः केही प्रदेशमा आंशिक बदली र वर्षाको पूर्वानुमान

मौसमः केही प्रदेशमा आंशिक बदली र वर्षाको पूर्वानुमान

काठमाडौँ- मुलुकका केही प्रदेशको मौसममा आंशिक बदली भएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भई आज एकाध ठाउँमा आज दिउँसो र राति हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो र राति हल्का हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्यत्र…

  • विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

    विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

    मोरङ- मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक एक महिला र दुई पुरूष छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमित पुरुषको बुधबार राति र आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा...

  • झापामा एक युवकको हत्या

    झापामा एक युवकको हत्या

    भद्रपुर -  झापामा एक युवकको हत्या भएको छ।  कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। स्थानीयले...

  • मौसम: पहाडी क्षेत्रकाे एक दुई ठाउँमा हल्का पानी पर्ने

    मौसम: पहाडी क्षेत्रकाे एक दुई ठाउँमा हल्का पानी पर्ने

    काठमाण्डाै – आज पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसम पूर्वानुमान...

  • विराटनगरमा थप एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    विराटनगरमा थप एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    विराटनगर - मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।  सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय पुरुषको बिहान ८:१० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा...

  • सप्तरीमा प्रदेश सभासदस्यसहित २७ सङ्क्रमित

    सप्तरीमा प्रदेश सभासदस्यसहित २७ सङ्क्रमित

    सप्तरी - सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेशसभा सदस्य  यादवले  सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरे।  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको...

  • संखुवासभामा एक महिलाको हत्या

    संखुवासभामा एक महिलाको हत्या

    संखुवासभा - खाँदबारी नगरपालिका–६ तल्लो पांठामा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीका अनुसार ६८ वर्षीया गोमादेवी चौलागाईको हत्या भएको हो। चौलागाईको बिहिबार राति ९ बजे हत्या भएको हो। हत्यामा संलग्न भएको आरोपमा सोही...

  • मृत्यु भएका दुई महिने शिशुमा कोरोना संक्रमण पुष्टि

    मृत्यु भएका दुई महिने शिशुमा कोरोना संक्रमण पुष्टि

    झापा - मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो। मृतक शिशुमा संक्रमण पुष्टि भएपछि उनको घर आसपास तथा छरछिमेकमा...

Page 1 of 131234Next ›Last »