November 23, 2020, Monday
२०७७ मंसिर ९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

शिक्षा

कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्न दिने तयारी

कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्न दिने तयारी

काठमाडौं – सरकारले कोरोनाको जोखिम कम भएका क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले सरकार विद्यालय सञ्‍चालनको तयारीमा जुटेको हो। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्,‘लामो समयदेखि विद्यालय बन्द अवस्थामै छन्। यातायात, होटललगायत खुल्दै आएका छन्। त्यसैले अब कोरोनाको कम जोखिम भएका ठाउँको विद्यालय सञ्चालन गर्न दिने…

पूर्व सांसद तथा शिक्षाध्यक्ष राममान श्रेष्ठको निधन

पूर्व सांसद तथा शिक्षाध्यक्ष राममान श्रेष्ठको निधन

काठमाडौं – पूर्व सांसद तथा शिक्षाध्यक्ष प्राडा राममान श्रेष्ठको निधन भएको छ। प्रोस्टेट क्यान्सरका कारण ८२ वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो। उनले ३५ वर्ष त्रिभुवन विश्वविद्यालयमा बिताएका थिए। श्रेष्ठ २०५४ सालदेखि २०६० सालसम्म संसदको माथिल्लो सदन राष्ट्रियसभामा तत्कालीन नेकपा एमालेका तर्फबाट सांसद पनि बनेका थिए। २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका…

  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मेयर शाक्यको आग्रह

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मेयर शाक्यको आग्रह

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वत: कमजोर भएर जाने बताएका छन्। शुक्रबार शिवपुरी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्। प्रमुख शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय...

  • प्रदेश नं २ का २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा

    प्रदेश नं २ का २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा

    धनुषा - प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ। छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री...

  • शिक्षामा विद्युतीय सामग्रीको प्रयोगसम्बन्धी सहकार्यमा सार्क मुलुकबीच सहमति

    शिक्षामा विद्युतीय सामग्रीको प्रयोगसम्बन्धी सहकार्यमा सार्क मुलुकबीच सहमति

    काठमाडौं–कोभिड–१९ सहित अन्य महामारीका बेला आगामी दिनमा पारस्परिक सहयोग अझ मजबुत गराउने तथा सदस्य मुलुकबाट विकास गरिएका विद्युतीय सामग्रीको प्रयोग र उच्च शिक्षामा फ्याकल्टी विकासजस्ता कार्यमा सहकार्य गर्न सार्क सदस्य मुलुक सहमत भएका छन्। बिहीबार गरिएको सार्क शिक्षामन्त्रीस्तरीय भर्चुअल बैठकमा...

  • पीएन क्याम्पसका प्रमुख र सहायकलाई प्राध्यापकद्धारा क्याम्पस प्रवेशमा रोक

    पीएन क्याम्पसका प्रमुख र सहायकलाई प्राध्यापकद्धारा क्याम्पस प्रवेशमा रोक

    पर्वत - आफ्ना माग सुनुवाइ नभएको भन्दै गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको पृथ्वीनारायण (पीएन) क्याम्पसका प्रमुख र सहायक प्रमुखलाई आंशिक प्राध्यापकहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन्‌। २०७६ माघ २० गते आन्दोलनरत आंशिक प्राध्यापक र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि प्राध्यापक डाक्टर ओमप्रसाद बराल नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भएको...

  • वैकल्पिक विधि अपनाएर बागलुङमा विद्यार्थी पढाउन शुरु

    वैकल्पिक विधि अपनाएर बागलुङमा विद्यार्थी पढाउन शुरु

    बागलुङ - कोरोना महामारीका कारण अध्ययन-अध्यापन प्रभावित भएपछि बागलुङका पालिकाहरूले आ-आफ्नै तरिकाले वैकल्पिक सिकाई शुरू गरेका छन्‌। इन्टरनेट असुविधाका कारण अनलाइन कक्षा चलाउन पनि नसकेपछि विद्यालयहरूले टोल शिक्षा, घुम्ती विद्यालय र आंशिक कक्षा सञ्चालनमा ल्याएका हुन्‌। अभिभावक र स्थानीय सरकारसँगको...

  • अफगानी मजदुरकी छोरीले टपिन् विश्वविद्यालय प्रवेश परीक्षा

    अफगानी मजदुरकी छोरीले टपिन् विश्वविद्यालय प्रवेश परीक्षा

    काबुल- कोइला खानीमा काम गर्ने मजदुरकी छोरी साम्सिया अलिजादाले अफगान विश्वविद्यालय प्रवेश परीक्षामा सर्वाधिक अंक प्राप्त गरेकी छन्। १ लाख ७० हजारभन्दा बढी प्रतिस्पर्धी विद्यार्थीलाई पछि पार्दै १८ वर्षीया साम्सिया अलिजादाले सर्वाधिक अंक प्राप्त गरेको त्यहाँको शिक्षा मन्त्रालयले उल्लेख गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ।...

  • विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

    विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

    काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता मौलिक विधि...

Page 1 of 3123