लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि दरखास्त आह्वान (विज्ञापन सहित)

लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि दरखास्त आह्वान (विज्ञापन सहित)

काठमाडौँ– लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।

आजको गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले पुस १४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ ।

आयोगका अनुसार प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु १ हजार  बुझाउनुपर्नेछ । एकै सेवा / समूह / उपसमूहको पदका लागि समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु ४ सय थप दस्तुर बुझाउनुपर्ने आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइनबाट दरखास्त दिन सकिने जनाइएको छ । परीक्षा मिति पछि प्रकाशित गरिने जनाइएको छ ।

यस्तो छ विज्ञापन