November 23, 2020, Monday
२०७७ मंसिर ९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

काठमाडौंमा ८ सय ६२ सहित उपत्यकामा थपिए ११ सय ७ संक्रमित

काठमाडौंमा ८ सय ६२ सहित उपत्यकामा थपिए ११ सय ७ संक्रमित

काठमाडौं : उपत्यकामा शुक्रबार थप १ हजार १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जनामा कोरोना संक्रमित थपिएका छन्। महिला ४ सय ८४ र पुरुष ६ सय २३ छन्।

काठमाडौं जिल्लामा ९ हजार ६ सय ८१ सक्रिय संक्रमित छन्। ३ सय १६ संक्रमितको मृत्यु, ७१ हजार ५ सय ९१ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८१  हजार ५ सय ८८ छन्।

भक्तपुरमा सक्रिय संक्रमित ७ सय ८३ छन्। ६ हजार ४ सय ७० कोरोना संक्रमणबाट मुक्त भएका, ८३ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ३ सय  ३६ छन्।

त्यसैगरी, ललितपुरमा २ हजार २ सय २८ सक्रिय संक्रमित छन्। ९ हजार ६  सय ३१ कोरोना संक्रमणबाट मुक्त भएका छन्। ८९ संक्रमितको मृत्यु र कुल संक्रमित ११ हजार ९ सय ४८ छन्।