November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

पूर्व सांसद तथा शिक्षाध्यक्ष राममान श्रेष्ठको निधन

पूर्व सांसद तथा शिक्षाध्यक्ष राममान श्रेष्ठको निधन

काठमाडौं – पूर्व सांसद तथा शिक्षाध्यक्ष प्राडा राममान श्रेष्ठको निधन भएको छ।

प्रोस्टेट क्यान्सरका कारण ८२ वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो। उनले ३५ वर्ष त्रिभुवन विश्वविद्यालयमा बिताएका थिए। श्रेष्ठ २०५४ सालदेखि २०६० सालसम्म संसदको माथिल्लो सदन राष्ट्रियसभामा तत्कालीन नेकपा एमालेका तर्फबाट सांसद पनि बनेका थिए।

२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्रस्ताव गरिएको थियो । मनमोहनले भेटेर नै उपकुलपति बन्न राममानलाई भनेका थिए तर राममानले उपकुलपति पद अस्वीकार गरेका थिए।