‘सोनु’को नयाँ गित ‘भाईटिका’ सार्वजनिक

काठमाडौँ — चर्चित गायक प्रेम सापकोटा ‘सोनु’को नयाँ तिहार गित ‘भाईटिका’ सार्वजनिक भएको छ ।
दिदी-भाइ, दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस भनि मनाई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारसँग सम्बन्धित छ ।
गितमा गायक सोनुले विदेशीनु परेका दाजुभाई र दिदीबहिनीको पिडा बेदना पोखेका छन् । आफु विदेशमा
भएर तिहारमा दिदी-बहिनीको हातबाट टिका लगाउन नपाउदाँ, पिन खेल्न नपाउँदाका मनका पिडा प्रस्तुत गरेका छन् । चर्चित सर्जक सोनुको स्वरमा प्रेम सापकोटा सोनुकै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
गितमा स्वयम गायक प्रेम सापकोटा र उहाँको बहिनी सरिता सापकोटाको अभिनय रहेको छ ।
सुमधुर स्वरका धनी सापकोटाको स्वरमा सजिएको गितले नेपाली लोकसंस्कृतीको रक्षार्थ भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्