December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

रेलको ठक्करबाट अमेरिकामा सिन्धुपाल्चोककी युवतीको मृत्यु

रेलको ठक्करबाट अमेरिकामा  सिन्धुपाल्चोककी युवतीको मृत्यु

एजेन्सी- अमेरिकामा रेलको ठक्करबाट एक नेपाली युवतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ ‘जिना’ को रेलको ठक्करबाट मृत्यु भएको हो।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजेतिर उनलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।