December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

आज थप १४ सय ९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

आज थप १४ सय ९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५७जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५० हजार ४ सय ११ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ५३ पुगेको छ ।